जसपा नेपालको बैठकमा अध्यक्ष यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल जारी

जसपा नेपालको बैठकमा अध्यक्ष यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल जारी


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक हिजोदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

आज दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको एजेण्डामाथि छलफल हुनेछ । शनिबारको बैठकमा ३४ सदस्यीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्षद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राखेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
 
बैठकमा ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल भएको बस्नेतले बताएका छन्।