महिला टी-२० शृंखला : नेदरल्याण्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य

महिला टी-२० शृंखला : नेदरल्याण्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य

सीताले लिइन् पाँच विकेट



काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग १४१ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन् । त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच-विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो ।

मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिए ।