६९ अंकले बढ्यो सेयर बजार, १२ अर्ब ९५ करोडको कारोबार

६९ अंकले बढ्यो सेयर बजार, १२ अर्ब ९५ करोडको कारोबार



काठमाडौं । आइतबार सेयर बजार ६९.८० अंकले बढेर नेप्से परिसूचक २७२७ मा कायम भएको छ । यो अंक पछिल्लो दुई महिना यताकै उच्च हो ।

साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढे ।