राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद भट्ट बेहोश, संसद भवनमै उपचार

राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद भट्ट बेहोश, संसद भवनमै उपचार


ग्लोब नेपाल
891
Shares

काठमाडौं । आइतबार बसेको राष्ट्रिय सभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट अचानक ढलेका छन्। संघीय संसद् सचिवालयका अनुसार उनी उच्च रक्तचाप र मधुमेहका बिरामी हुन्, जसका कारण बैठकमै बेहोश भएका हुन्।

सांसद भट्टले आजको बैठकमा बोल्नका लागि नामसमेत टिपाएका थिए। तर, उनको स्वास्थ्य अवस्था बिग्रिएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने अवसर दिए।

‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएकाले कांग्रेसबाट माननीय विष्णुकुमारी सापकोटाले मन्तव्य राख्नेछन्,’ अध्यक्ष दाहालले भने।

अहिले सांसद भट्टको संसद् भवनभित्रै स्वास्थ्य कक्षमा उपचार भइरहेको छ। संसद सचिवालय स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।