नकआउट प्लेअफमा रियल र सिटीबीच रोमाञ्चक भिडन्त हुने

नकआउट प्लेअफमा रियल र सिटीबीच रोमाञ्चक भिडन्त हुने



काठमाडौं । रियल मड्रिडले म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । पछिल्ला दुई विजेताबीचको यो रोमाञ्चक भिडन्त मानिएको छ ।

सन् २०२३ को विजेता सिटीले पहिलो लेग फेब्रुअरी ११ या १२ मा घरेलु मैदानमा आयोजना गर्नेछ । दोस्रो लेग भने फेब्रुअरी १८ या १९ मा मड्रिडमा हुनेछ । रियलले अघिल्लो सिजन आफ्नो कीर्तिमानी १५औं उपाधि जितेको थियो ।

दुई खेलको समग्र नतिजाका आधारमा विजेता टोलीले एट्लेटिको मड्रिड या बायर लिभरकुजेनमध्ये एकसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ । यी दुई ३६ टोलीको नयाँ लिग तालिकामा शीर्ष आठमा परेका थिए ।

९ देखि २४ स्थानसम्म परेका टोलीहरू दुई लेगको नकआउट प्लेअफमा प्रवेश गरेका थिए । रियल ११औं स्थानमा रहँदा सिटी २२औं स्थानमा थिए ।