तनहुँ । तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा ग१क५८९६ नम्बरको टिपरले विपरीत दिशामा रहेको आउँदै गरेको प्र–३–०१–०२२च६७७८ नम्बरको कार र ग१८प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरीका डिएसपी अशोक थापाका अनुसार टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ की ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनामा मृतकका छोरा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री घाइते छन् ।
प्रतिक्रिया