माओवादी केन्द्रले तोक्यो नेताको कार्यविभाजन (नामावलीसहित)

माओवादी केन्द्रले तोक्यो नेताको कार्यविभाजन (नामावलीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

नेताहरूको कार्यविभाजनमा कोशी प्रदेशमा हरिबोल गजुरेल, मधेश प्रदेशमा मातृका यादव, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा दिनानाथ शर्मा, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकेको छ ।

त्यसैगरी विशेष प्रदेशमा जयपुरी घर्तीलाई इन्चार्जकाे जिम्मेवारी दिइएकाे छ ।

बैठकले प्रवासकाे सार्क समितिमा लक्ष्मण पन्त, युरोप-अमेरिकाकाे लागि राम कार्की र एसिया समितिमा ओम शर्मा इन्चार्ज तोकिएका छन् ।