काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको हो ।
हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको उनले बताए ।
पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमको मध्य पहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया