‘केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्न आन्दोलनरत पक्षको बटमलाइन’

‘केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्न आन्दोलनरत पक्षको बटमलाइन’


ग्लोब नेपाल
297
Shares

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबार राती भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।

आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, आज ११ बजे पुनः बस्ने सहमति भएको छ’, उनले भने ।

वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ ।