काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया

काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया



काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।

उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरे ।

एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।

राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने बताइएकाे छ । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।

६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।