चितवन । सहारा सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
लामिछानेसहित १५ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
पुरक निवेदन दिने १० जनाको अनुसार साहरा सहकारीबाट ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ बिगो रकम फिर्ता पाउनुपर्ने मागदाबी छ । दुवै अनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपियाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
पुरक मुद्दा अनुसारमा कम्पनीमा लगानी गरेर तिर्न बाँकी रहेको रकम ४३ करोड १४ लाख ४९ हजार ९ सय २८ रूपैयाँ ७५ पैसा बिगो उल्लेख छ ।
यसरी हालसम्म साहारा सहकारीले उठाउनुपर्ने ऋण ५६ करोड २२ लाख ५० हजार हाराहारीलाई बिगो देखाइएको छ ।
प्रतिक्रिया