काठमाडौं । बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगेका छन् । आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया पनि नेपाल आइसकेकी छन् ।
राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरे ।
राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ ।
उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।
बेलायती राजकुमार दम्पतीको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । उहाँहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।
प्रतिक्रिया