काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा उनीहरू काठमाडौंस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया