काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा डीसीए धनगढीले बाेस्टन क्रिकेट झापालाई हराएकाे छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएकाे खेलमा धनगढीले झापालाई ५ रनले हरायाे । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको झापाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनमात्र बनाउन सक्यो । झापाका दिपेश भुजेलले सबैभन्दा धेरै २८ रन बनाए । धनगढीका नारायण जोशी र राहुल भण्डारीले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । धनगढीका लोकेश बलमे ५७ रन बनाए । झापाका पवन कार्की, अभिषेक कार्की र रोशन शाहले २/२ विकेट लिए । यो जीतसँगै धनगढी २ खेलमा २ अङ्कसहित समूह ‘ए’ को दोस्रो स्थानमा छ । झापा तालिकाको पुछारमा छ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया