एपीएफलाई हराउँदै मछिन्द्र पोखरा गोल्डकपको क्वाटरफाइनलमा

एपीएफलाई हराउँदै मछिन्द्र पोखरा गोल्डकपको क्वाटरफाइनलमा



पोखरा । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम एपीएफलाई हराउँदै मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मछिन्द्रले एपीएफमाथि २-० को सानदार जित निकालेको हो ।

मछिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले १/१ गोलको योगदान गरे । खेलको ७४औं मिनेटमा मछिन्द्रका आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले आयुष घलानले मैदानको सेन्टर भागबाट उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै सफल उत्कृष्ट फिनिसिङ गरे ।

त्यस्तै, खेलको ८१औं मिनेटमा मछिन्द्रका विदेशी खेलाडी स्टेफन कामाहाले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको करिब अन्तिममा २ गोल गरेपछि मछिन्द्रले एपीएफलाई दबाब बढाएको थियो ।