रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न आदेश

रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न आदेश



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ ।

साहारा बचत सहकारीको थुनछेक बहस नसकिएको भन्दै जिल्ला अदालत चितवनले उनलाई प्रहरी हिरासतमा पठाइएको हो ।

न्यायाधीश दयाराम ढकालको इजलासले भोलि १० बजे उपस्थित गराउनेगरी लामिछानेलाई हिरासतमा राख्न आदेश गरेको हो ।

लामिछानेविरुद्ध मंगलबार सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आज सरकारी वलिकका तर्फबाट पाँच जना वकिलले बहस गरेका छन् भने लामिछानेका तर्फबाट एक जनाले बहस गरेका छन् ।

अब लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट तीनजनाले बहस गर्न बाँकी रहेको छ ।