अर्जुन ट्रफी क्रिकेटमा झापा १ रनले विजयी

अर्जुन ट्रफी क्रिकेटमा झापा १ रनले विजयी



धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा बाेस्टन क्रिकेट झापाले घाेडाघाेडी–११ सुख्खडलाई हराएकाे छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएकाे खेलमा झापाले घोडाघोडी–११ लाई १ रनले हरायो । झापाले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको घोडाघोडी–११ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सक्यो । घोडाघोडी–११ का दिनेश रावतले ६४ रन बनाए । झापाका अभिषेक कार्कीले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको झापाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । झापाका रोशन शाहले ४१ तथा रोशन विक र अभिषेक कार्कीले समान ३७ रन बनाए । घोडाघोडी–११ का शेर मल्लले २ विकेट लिए ।

यो जीतसँगै झापा–३ खेलमा २ अंकसहित समूह ‘ए’ को तेस्रो स्थानमा छ । घोडाघोडी–११ २ खेलमा अंकविहीन हुँदै पुछारमा छ ।