१५ औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौं : गगन थापा

१५ औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौं : गगन थापा



पाेखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशनसम्म शेखर कोइराला र आफू एकै समूहमा रहने बताएका छन् ।

बुधबार पोखरामा पत्रकारसँग बोल्दै थापाले १४औं महाधिवेशनमा बनेकै समूहमा आफू रहेको बताए । महामन्त्रीको रुपमा आफ्नाे जिम्मेवारी सिंगो पार्टीको जिम्मेवारी रहेकाले सबैको हुने कोसिस स्वभाविक रहेको थापाले प्रतिक्रिया दिए ।

पार्टीमा समूह बन्ने कुरा स्वभाविक भएको भन्दै उनले भने, ‘जहाँ समूहको कुरा आउँछ । १५ औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौं । म चाहिं त्यही छु । म भएकै ठाउँमा शेखर डा. साब भएको ठान्छु । रहने र नरहने भन्ने कुरा त आ आफ्नो व्यक्तिगत कुरा भयो ।’

समूहको नेताका रुपमा आज र भोलि पनि कोइराला रहेको थापाले बताए । उनले भने,‘उहाँ आज पनि नेता हुनुहुन्छ, भोलि पनि नेता रहनुहुन्छ । पार्टीभित्र उहाँको नेतृत्वमा म १४ औं महाधिवेशनमा नेतृत्वमा म महामन्त्रीमा प्रतिस्पर्धा गरेको हुँ ।’