नेताहरुका विरुद्धमा लेख्ने वडा अध्यक्ष एमालेबाट निष्काशित

नेताहरुका विरुद्धमा लेख्ने वडा अध्यक्ष एमालेबाट निष्काशित



घोराही । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्काशित गरेको छ ।

नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बुधवार घोराहीमा बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टी विरोधी गतिविधि गरेकाले कारवाही गरेको नेकपा (एमाले) दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा शाह घोराही उपमहानगरपालिका वडा नम्बर ८ को अध्यक्षमा निर्वाचित भएका थिए । पार्टीको हित विपरित गतिविधि गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी वडा अध्यक्ष शाहलाई कारवाही गरिएको बस्यालले जानकारी दिए ।

शाहले सामाजिक सञ्जाल फेसबुकमा पार्टी तथा नेताहरुका विरुद्धमा लेख्दैआएका थिए ।