काठमाडौं । काठमाडौंको कमलपोखरीमा खाना पकाउने एलपी ग्यासको सिलिण्डर विष्फोट भएको छ । बिहीबार बिहान ९ बजेतिर कमलपोखरीस्थित सानदार मःम सेन्टरमा ग्यास विस्फोट भएको हो ।
विस्फोटमा परी ११ जना घाइते भएका काठमाडौं प्रहरी परिसरका एसपी अंगुर जिसीले जानकारी दिए । घाइतेमध्ये अधिकांश मःम पसलका कर्मचारी छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया