अर्जुन ट्रफी क्रिकेट : बैतडीले काठमाडौंलाई हरायाे

अर्जुन ट्रफी क्रिकेट : बैतडीले काठमाडौंलाई हरायाे



धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दशरथ चन्द एकेडेमी बैतडीले पहिलो जीत हात पारेको छ । बैतडीले क्रिकेट एक्सेलेन्स सेन्टरले काठमाडौंलाई १६ रनले हरायो ।

बैतडीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं १९ ओभर ४ बलमा १ सय ४४ रनमा अलआउट भयो । काठमाडौंका राज शाहले नटआउट ३७, दीपेन्द्र रावतले ३२ रन बनाए । बैतडीका सलाहुद्दीन खानले ५, दिवान पुनले ३ विकेट लिए ।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बैतडीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनायो । बैतडीका दिवान पुनले ४३, वसन्त खत्रीले ३२, अमर रौटेलाले नटआउट २९ रन बनाए ।

काठमाडौंका दीपेन्द्र रावत र सूर्य तामाङले २/२ विकेट लिए । यो जीतसँगै बैतडी ३ खेलमा २ अंकसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । काठमाडौं उति नै खेलमा २ अंकसहित पुछारमा छ ।

घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे

प्रतियोगितामा घोडाघोडी–११ सुख्खडले पहिलाे जीत हात पारेकाे छ । घाेडाघाेडी–११ ले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई १ विकेटले हरायाे ।

डडेल्धुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९ ओभर १ बलमा ९ विकेट गुमाएर भेटायो । घोडाघोडी–११ का अयुब चन्दले ३३ रन बनाए । डडेल्धुराका हेमन्त धामीले ३ विकेट लिए ।

यसअघि धनगढीकाे फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनायो । डडेल्धुराका विनोद भण्डारीले नटआउट ५६ रन बनाए । घोडाघोडी–११ का नरेन साउदले ४ विकेट लिए ।

समूह ‘ए’ बाट डडेल्धुरा र डीसीए धनगढी सेमिफाइनलमा पुगिसकेका छन् । भोलि लिग चरणको अन्तिम खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

अर्जुन ट्रफी क्रिकेटमा देशभरका ८ वटा क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आउँदो सोमवार माघ २८ गतेसम्म चल्नेछ ।