काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले प्रतिशोध साँधेकाे र संसद्ले समर्थन जनाएकाे टिप्पणी गरेका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ’ उनले भने ।
बैठकमा उनले सरकारले यसको मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए । उनले भने, “एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य यो सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।”
उनले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे । “थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्र्र्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न सम्माननीय सभामुख महोदयसँग माग गर्दछु,” उनले भने ।
प्रतिक्रिया