कांग्रेस–एमालेले काम गर्न नसके जनताले नयाँ उपाय खोज्छनः विद्या भण्डारी, पूर्वराष्ट्रपति

कांग्रेस–एमालेले काम गर्न नसके जनताले नयाँ उपाय खोज्छनः विद्या भण्डारी, पूर्वराष्ट्रपति


ग्लोब नेपाल
3k
Shares

काठमाडौं । एमालेको सक्रिय राजनीतिमा आउने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकपछि अर्को राजनीतिक र विवादास्पद अभिव्यक्ति दिन थालेकी छन् ।

संसदका दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारलाई आफ्नो शुभकामना रहेको उनले बताइन् । राजनीतिक स्थायित्व र आर्थिक विकासका दुईमिलेको उनको भनाइ थियो ।

‘अहिले अनुकूल समय पनि छ, सरकार पनि स्थायी भएर चलिरहेको छ । नत्र यहाँ त हामीलाई समस्या, ३-३ महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो । अहिले दुई वटा ठूला राजनीतिक दल मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ,’ अरूणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै भण्डारीले भनिन्, ‘मेरो त उहाँहरूलाई शुभकामना छ ।’

अब पनि काम गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो भने जनतामा रहेको भण्डारीले बताइन् ।