काठमाडौं । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (आइतबार) साँझ बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने गरी प्रधानमन्त्री के.पी. शर्मा ओलीले संयन्त्रको बैठक बोलाएका हुन् । बैठकमा सरकारले हालै जारी गरेको अध्यादेशलाई संसद् बैठक बाट प्रतिस्थापन गर्ने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सरकारका कामको समीक्षा हुनुका साथै यसअघि सत्तारुढ दलको कार्यदलले बनाएका सरकारले सुधार गर्नुपर्ने कामको सूचिमा पनि छलफल हुनेछ । साथै जनता समाजबादी पार्टी नेपालले अध्यादेश पारित गर्नका लागि अघि सारेको सर्तका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
सत्तारुढ दलहरूले सरकारलाई सफल बनाउने उद्देश्यले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित आठ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ ।
प्रतिक्रिया