राले (अमेरिका) । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोबास गर्दै आएका एकजना नेपालीभाषी भुटानीको मङ्गलवार राती हत्या भएको छ ।
न्यु अल्वानी प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० वर्षीय शेखर चापागाई छन् । त्यही कम्पनीका पूर्व कर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर चापागाईको हत्या गरेको थियो । गोली लागेर सहकर्मी क्याले वेभरको पनि मृत्यु भएको र अरु चारजना घाइते भएको प्रहरीले जनाएको छ ।
ओहायोको कोलम्बस नजिकै न्यु अल्वानीस्थित केडीसी वान नामक कस्मेटिक र ब्युटी उत्पादन कम्पनीमा कार्यरत रहेकै अवस्थामा त्यो व्यक्तिले गोली चलाएको थियो । हत्यारालाई प्रहरीले बुधवार बिहानै गिरफ्तार गरेको थियो ।


प्रतिक्रिया