पुराना दलहरूलाई दिइएन नेसपा (नयाँ शक्ति)काे महाधिवेशनमा निम्तो

पुराना दलहरूलाई दिइएन नेसपा (नयाँ शक्ति)काे महाधिवेशनमा निम्तो



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा पुराना दलहरूलाई निम्तो दिइएकाे छैन ।

आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा पार्टीकाे प्रथम महाधिवेशन सुरू भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा नयाँ दलका नेताहरू देखिए पनि पुराना दलका नेताहरू महाधिवेशनमा उपस्थित छैनन् ।

नेसपा (नयाँ शक्ति) ले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लगायत पुराना दलका नेताहरूलाई निम्तो नै नदिएको हाे ।

पुराना दलहरू र नयाँ दलहरू हिँड्ने बाटो नै फरक भएले नबोलाइएको नेसपा (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, विवेकशील साझा पार्टीलगायतलाई निम्तो दिइएको छ ।

रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा संस्थापक रेमश चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले नेसपा (नयाँ शक्ति) महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।