काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् ।
आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले अहिले सरकारमा जाने अवस्थामा नरहेकाेले कुनै मन्त्रालय नचाहिएकाे बताए ।
तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन ।’
उनले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने बताए ।
‘हामीले खाली धारणा बनाउँदैछौं । हाम्रो सोच सकारात्मक छ । क्रियटिभ रुपले हामी देश र जनताको पक्षमा सोच्दैछौं । सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ,’ उनले भने, ‘धेरैजना विज्ञसँग छलफल गरिरहेका छौं । कसैले कामचलाउ भन्छन् । कसैले सबै छन् भन्छन् । विज्ञको सुझाव लिएर हामी निर्णय लिन्छौं ।
आफूहरूको कारण नभइ सरकार नै बाधक बन्दा अध्यादेश कार्यसूचीमा चढ्न नसकेको उनले बताए ।


प्रतिक्रिया