बुटवल । रूपन्देही जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
सोमबार अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई थुनामा पठाउने आदेश भएको हो ।
यो मुद्दामा पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ ।
लामिछानेलाई यसअघि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर तारिखमा छोडेको छ ।


प्रतिक्रिया