नो केवलकार समूहद्वारा उच्चस्तरीय वार्ता टोली गठनको माग

नो केवलकार समूहद्वारा उच्चस्तरीय वार्ता टोली गठनको माग


ग्लोब नेपाल
54
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार साँझ गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए ।

यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि हिजो सोमबार गृहमन्त्रीसँग भेटघाट गरिएको हो ।

भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो । मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताएका थिए । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको पनि भट्टराईले बताए ।