काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ । मंगलबार साँझ ६ बजेदेखि बैठक जारी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।
कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू छन् ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न दुई दलीय संयन्त्र बैठक बसेको हो ।
सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन ।


प्रतिक्रिया