यू-१९ विश्वकप छनोटका लागि २४ खेलाडी दोस्रो चरणको बन्द प्रशिक्षणमा

यू-१९ विश्वकप छनोटका लागि २४ खेलाडी दोस्रो चरणको बन्द प्रशिक्षणमा



काठमाडौं । नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन् । नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन् ।

घरेलु मैदानमा हुने एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी नाम घोषणा गरेको छ ।

नेपाली टोलीमा नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका विपिनप्रसाद शर्मासहित एसिया कपमा खेलेका युवराज खत्री छन् । यस्तै नरेन भट्ट, रोशन विश्वकर्मा, अभिषेक तिवारी, दयानन्द मण्डल पनि टोलीमा छन् ।

यसअघि पहिलो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो । पहिलो चरणको बन्द प्रशिक्षण रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको थियो । त्यहाँ तीन टोली बनाएर राउन्ड रोबिनको आधारमा खेल खेलाइएको थियो । जसबाट २४ खेलाडी दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् ।

दोस्रो चरणको बन्द प्रशिक्षणका लागि नेपाली टोली

अमर मिश्र, सोहेल कुँवर, रुहुल हक अन्सारी, निरजकुमार यादव, नरेन भट्ट, रोशन विश्वकर्मा, सिब्रिन श्रेष्ठ, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, दिपक सेराला, अपराजित पौडेल, विपिनप्रसाद शर्मा, रोहन साह, अभिषेक तिवारी, अरविन्द घर्ती, नितिश पटेल, दयानन्द मण्डल, सन्तोष यादव, प्रतिक पौडेल, सुर्यान्सु कोइराला, अशोक धामी, साहिल पटेल, राजेश बोहरा ।