काठमाडौं । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् । स्टार्कले व्यक्तिगत कारण भने पनि यसबारेमा थप खुलेको छैन ।
यसअघि नै समस्यामा रहेको अष्ट्रेलिया मिचेल स्टार्कको यो निर्णयबाट थप समस्यामा परेको छ । केही दिनअघि मार्कस स्टोइनिसले सन्न्यासको घोषणा गरेका थिए भने प्याट कमिन्स, जोश हेजलवुड र मिचेल मार्शले पनि चोटका कारण च्याम्पियन्स ट्रफी खेल्ने छैनन् ।
सेन एबट, बेन द्वारशुइस, जेक फ्रेजर–म्याकगर्क, स्पेन्सर जोनसन र तन्वीर संघालाई टोलीमा समावेश गरिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । च्याम्पियन्स ट्रफी यही फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा हुँदैछ ।
भारतले पाकिस्तान गएर खेल्न नमानेपछि हाइब्रिड मोडलमा केही खेल पाकिस्तान र केही यूएईमा हुने तालिका छ ।
च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अष्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बङ्गलादेशले खेल्नेछन् ।
प्रतिक्रिया