पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ


ग्लोब नेपाल
1.2k
Shares

तनहुँ । पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

कक्षा ४ मा अध्यनरत १० वर्षीय प्रमिस परियारसहित चार विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्यूले गालामा डामेकी थिइन । तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको छ । कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्यूले डामेकाले नियन्त्रण लिइएको प्रनाउ थापाले बताइन । अनुसन्धानका क्रममा शिक्षिकाले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।

यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विराेध गरेका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीद्वारा जारी विज्ञप्तिमा प्रभात एकेडेमीमा अध्ययनरत प्रमिस परियारलगायतका विद्यार्थीहरुलाई शिक्षकद्वारा अनुशासनको नाममा पन्यू तताएर गालामा डामेर यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन र यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक, तथा समाजलाई गहिरो चिन्ता व्यक्त गर्न बाध्य बनाएको जनाइएको छ ।