काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा भट्टराई निर्वाचित भएको औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले बताइन् ।
अहिलेसम्म अध्यक्ष पदमा भट्टराईको ६८२ मत आएको छ भने अर्का उम्मेदवार चापागाईंको ७१ मत आएको छ ।
यद्यपि विभिन्न देशमा रहेका प्रतिनिधिले अनलाइनमार्फत् गरेको मतदानको गणना गर्न बाँकी छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको छ । पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया