काठमाडौं । नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको जानकारी गराए ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो । प्रवक्ता महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए ।
उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए । तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताए ।
प्रतिक्रिया