बाराको सुधार केन्द्रमा निर्घात कुटपिटपछि एक युवकको मृत्यु, ७ जना पक्राउ

बाराको सुधार केन्द्रमा निर्घात कुटपिटपछि एक युवकको मृत्यु, ७ जना पक्राउ


ग्लोब नेपाल
81
Shares

बारा । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कलैया ३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया ४ का २२ वर्षीय निरज सर्राफ, कलैया ६ का २० वर्षीय राहुल भनिने महमद आँसु मिया, कलैया १ का २४ वर्षीय अरुण सर्राफ, कलैया २ का २१ वर्षीय प्रमेश्वर साह, कलैया ३ का २९ वर्षीय तमन्ना अलि र कलैया १ का १९ वर्षीय सागर गुप्ता छन् । उनीहरूलाई केन्द्रबाटै पक्राउ गरेर कारबाही अगाडी बढाएको बारा प्रहरीले जनाएको छ ।

सुधार केन्द्रमा बस्नेहरुबीच विवाद चर्केपछि बिहीबार रात ७ जना मिलेर कलैया उपमहानगर ९ का ३२ वर्षीय धीरेन्द्र महतोको निर्ममतापूर्वक कुटपिट गरेका थिए । राति नै उनलाई अस्पताल लगिएको थियो तर डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।