अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा पञ्चकन्या विद्या मन्दिर प्रथम

अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा पञ्चकन्या विद्या मन्दिर प्रथम


ग्लोब नेपाल
2.1k
Shares

चितवन। नेपाल स्काउट, बागमती प्रदेश स्काउट र स्थानीय स्काउट कार्यालय रत्ननगरको आयोजनामा सम्पन्न अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा पञ्चकन्या विद्या मन्दिरले प्रथम स्थान हासिल गरेको छ।

‘स्काइराइडर आवासीय माध्यमिक विद्यालय प्राविधिक तथा जीवन उपयोगी शिक्षा’ मा सम्पन्न प्रतियोगितामा २५ विद्यालयले सहभागिता जनाएका थिए।

कार्यक्रम संयोजक गिरिराज कंडेलको सभाध्यक्षतामा भएको प्रतियोगितामा रत्ननगर नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक प्रलाद सापकोटा प्रमुख अतिथि थिए। नगर उप-प्रमुख यादव प्रसाद पाठक, स्काउटका राष्ट्रिय सह-प्रमुख आयुक्त इन्दु सुवेदी, वडा नं १३ का अध्यक्ष पोट बहादुर घिमिरे र प्याब्सन चितवनका अध्यक्ष मदन पुरी विशेष अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी, बागमती प्रदेश कार्यसमिति आयुक्त जमुना शर्मा, स्काइराइडर स्कुलका निर्देशक दुर्गा पुरी र एलटी दिनेश पाण्डेको समेत आतिथ्य रहेको कार्यक्रममा स्थानीय शैक्षिक पद्धति आयुक्त रमेशचन्द्र आचार्यले स्वागत मन्तव्य दिएका थिए। स्थानीय प्रमुख आयुक्त देवेन्द्र न्यौपानेले अतिथिहरूको स्वागत गरेका थिए भने कार्यक्रम स्थानीय सदस्यता वृद्धि आयुक्त लक्ष्मी भट्टले सञ्चालन गरेका थिए।

प्रतियोगिताको नतिजा:

🥇 प्रथम: पञ्चकन्या विद्या मन्दिर
🥈 द्वितीय: शिक्षा विकास इंग्लिश स्कूल
🥉 तृतीय: प्यारागन मा. वि.
🏅 सान्त्वना पुरस्कार: स्काइराइडर आ. मा. वि.

कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली संस्कृतिप्रति रुचि बढाउन मद्दत पुर्‍याउने आयोजकहरूले बताएका छन्।