पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री, सचिवालय तथा प्रधानमन्त्री कार्यालयको पत्रकार पक्राउ घटनामा कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।\

उनले घटनाबारे प्रधानमन्त्री र सचिवालयलाई पूर्वजानकारीसमेत नभएको उल्लेख गरेकी छन् ।

दाहालले लेखेकी छन्, ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ।’

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि उनले बताएकी छन् ।

उनले लेखेकी छन्, ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ।’