सत्तापक्षीय दलका प्रमुख सचेतकहरूको बैठक

सत्तापक्षीय दलका प्रमुख सचेतकहरूको बैठक


ग्लोब नेपाल
243
Shares

काठमाडौं । सत्तापक्षीय दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा जारी छ ।

उनीहरूबीच सरकारले ल्याएका अध्यादेशहरूका विषयमा छलफल भइरहेको हो । सरकारले ल्याएका अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने भइरहेको हो ।

छलफलमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला लगायत सहभागी छन् । यसअघि शनिबार सत्तारुढ दलहरूले भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए ।