काठमाडौं । बार्सिलोना स्पेनी ला लिगा फुटबलको पुन: शीर्षस्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा सोमबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोवस्कीले निर्णायक गोल गरे । उनले २८औँ मिनेटमा पेनाल्टीमार्फत गरेकाे गोल टोलीको जितमा प्रयाप्त बन्यो ।
खेलभर बार्सिलोनालाई कडा टक्कर दिए पनि रायो भालेकानोको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै बार्सिलोनाले २४ खेलबाट ५१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि समान खेलबाट ५१ अंक छ ।
बार्सिलोनाले गोल अन्तरका आधारमा रियललाई पछि पार्दै शीर्षस्थान कब्जा गरेको हो । पराजित रायो भालेकानो ३५ अंकसहित छैटौँ स्थानमा छ ।
प्रतिक्रिया