काठमाडौं । ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जाने भएका छन् ।
देउवाको सचिवालयका अनुसार देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरिएको हो । युपीका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने कार्यक्रममा देउवा सहभागी हुन लागेका हुन् ।
समिटमा अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।
४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किसकेका छन् ।
प्रतिक्रिया