वासिङ्टन डीसी । अमेरिकाका खर्बपति व्यापारी एलन मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार मात्रै भएको अमेरिकामा राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अदालतमा जवाफ दिएको छ । उनी सरकारी दक्षता विभाग (डज) का कर्मचारी नभएको त्यसैले उनीसँग सरकारभित्र निर्णय लिने कुनै अधिकार नभएको बताइएको छ ।
न्यु मेक्सिकोको नेतृत्वमा १४ अमेरिकी राज्यहरूले ट्रम्प र मस्क विरुद्ध वासिङ्टन डीसीको सङ्घीय अदालतमा मुद्दा दायर गरेका थिए । मस्कलाई डजको प्रमुखमा नियुक्त गरेकोमा यी राज्यहरू रुष्ट छन् । राज्यहरूका अनुसार डजको प्रमुख बनेपछि मस्कले अथाह शक्ति प्राप्त गरेको अनि यो अमेरिकी संविधानको उल्लङ्घन भएको उनीहरूको तर्क थियो ।
मस्कको भूमिका केवल एक सल्लाहकारको भएको ह्वाइट हाउसका प्रशासन कार्यालयका निर्देशक जोशुआ फिशरले अदालतलाई भने । उनको काम केवल राष्ट्रपतिलाई सल्लाह दिने र प्रशासनबाट कर्मचारीहरूसम्म निर्देशन पुर्याउनु भएको पनि उनले बताए ।
प्रतिक्रिया