आउँदो निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउँछ : योगेश भट्टराई

आउँदो निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउँछ : योगेश भट्टराई



वीरेन्द्रनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने भन्दै उनले हल्लाको पछि नलाग्न समेत सबैलाई सचेत गराए ।

त्यसपछि दुवै दल आ–आफ्नै तरिकाले चुनाव लड्ने उनको भनाइ छ । ‘अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्छ । आआफ्नो तरिकाले चुनाव लड्नुपर्छ । समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्छ’ उनले भने ।

सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उनले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गरे । अध्यादेश जसरी पनि पास हुने उनको भनाइ छ । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उनले बताए ।