प्रधानमन्त्रीलाई बालेनकाे आग्रह– नेपाली भएर बाँच्ने आधार त दिनुस्

प्रधानमन्त्रीलाई बालेनकाे आग्रह– नेपाली भएर बाँच्ने आधार त दिनुस्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले अमेरिकाले करप्ट भनेकाे, इन्डियाले भिकारी भनेकाे र चीनले मान्छे नै नगरेकाेले नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका हुन् ।

बालेनले लेखेका छन्, “प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।”