काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानसँगको खेलमा दक्षिण अफ्रिकाले टस जितेको छ ।
कराचीको नेशनल स्टेडियममा टस जितेर दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले पहिले ब्याटिङ रोजेका छन् । अफगानिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएको हो ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।
प्रतिक्रिया