काठमाडौं । चलचित्र ‘होस्टेल–३’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
यो चलचित्रमा पारस बम ठकुरी (कुलब्वाइ), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुलीलगायतको मुख्य भूमिका छ ।
फागुन २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले कलेज जीवनका रमाइला क्षणसँगै तिनका चुनौतीलाई पनि पर्दामा उतार्नेछ ।
सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्मसको सहकार्यमा निर्माण भएको चलचित्रमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता तथा शंकर कोइराला कार्यकारी निर्माता छन् । शिशिर ज्ञवाली, कुन्दन गुप्ता, गणेश मगर र अनिश सिग्देल सहनिर्मातामा छन् । लाइन प्रोड्युसरमा कोसिसराज क्षेत्री छन् ।
चलचित्रको स्क्रिप्ट माधव शर्माले लेखेका छन् ।
प्रतिक्रिया