सामुदायिक विद्यालयका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

सामुदायिक विद्यालयका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण


ग्लोब नेपाल
54
Shares

भक्तपुर । भक्तपुरका सामुदायिक विद्यालयका बालबालिकाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हनुमानघाटस्थित चण्डेश्वरी आधारभूत विद्यालय र भक्तपुर नगरपालिका वडा नं ५ क्वाछेंस्थित श्री वरदायणी आधारभूत स्कुलका छात्रछात्राहरुले शिविरमा नाक, कान, घाँटीको परिक्षण गरिएको हो ।

वर्ल्ड नेवाः अर्गनाइजेशनको अगुवाईमा भएको शिविरमा विभिन्न संघसंस्थाहरुको सहयोग रहेको जनाइएको छ । शिविरमा विद्यार्थीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

समस्या देखिएका बालबालिकाको अस्पतालमा रिफर गरिएको अर्गनाइजेशनकी उपाध्यक्ष रजनी प्रधानले बताए । थप उपचार आवश्यक छात्रछात्राहरुलाई अस्पतालमा रिफर गरिएको उपाध्यक्ष प्रधानले जानकारी दिए ।

विद्यालयका प्लेग्रुपदेखि ६ कक्षासम्मका करिब तीन सय विद्यार्थीले सेवा पाएको चण्डेश्वरी आधारभूत विद्यालय हुनमानघाटकी प्रधानाध्यापक रीता लाखेमरुले बताइन ।

यसरी सरकारी विद्यालयमा गरिएको यो शिविर छैटौं शिविर भएको अर्गनाइजेशन युरोप कोअर्डिनेटर कुमार नापितले बताए । शिविरमा ६ जना डाक्टर, दुई जना नर्ससहित दुई दर्जन वढी स्वास्थ्यकर्मी सहभागी भएका थिए ।