कांग्रेसका मन्त्रीहरुले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौंः शेखर कोइराला

कांग्रेसका मन्त्रीहरुले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौंः शेखर कोइराला


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका कांग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताएका छन् ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोईरालाले नेपाली कांगे्रस सत्ता पक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर कतिपयले कांग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट शुरु भएको अनुमान गरेका थिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोईरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभइ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पारे ।

कोइरालाले आगामी निर्वाचनमा पनि एमाले नै कांग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताए ।

नेता कोईरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको पनि बताएका छन् । तोकिएको समय भन्दा पछि धकेलेर अधिवेशन गरे कांग्रेस, लोकतन्त्र र देश कमजोर हुने कोइरालाको भनाई छ ।

सांसद कोईरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको बताए ।