काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन् ।
आइतबार रोल्पाको लिवाङमा आयोजित कांग्रेसको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बन्यो ।’
साथै, उनले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार ०८४ सम्म चल्ने पनि जिकिर गरे । ‘एउटा प्रसंगले हामीलाई एकठाउँमा पुर्यायो । अब ०८४ सालसम्म हाम्रो तर्फबाट कुनै पनि चकचक हुँदैन, कुनै पनि उपद्रो हुँदैन,’ महामन्त्री थापाले भने ।
कांग्रेस रोल्पाले दोस्रो जिल्ला सम्मेलन सुरू हुनुअघि शक्ति प्रदर्शन गरेको थियाे । पञ्चे बाजासहितको र्याली निकालेको छ भने जीप, बस, मोटरसाइकलमा कार्यकर्ता ल्याएर कांग्रेसले शक्ति प्रदर्शन गरेको हो ।
कार्यक्रमका लागि जिल्लाभरबाट कांग्रेसका कार्यकर्ता लिबाङमा भेला भएका छन् ।
प्रतिक्रिया