काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचकाे खेलकाे पहिलाे हाफ सकिँदा २–२ गाेलकाे बराबरी भएकाे छ ।
त्रिपुरेश्वरकाे दशरथ रंगशालामा भइरहेकाे खेलमा म्यानमारले खेलकाे छैटाैं मिनेटमै अग्रता बनाएकाे थियाे । खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । फेरि १७औं मिनेटमा म्यानमारले अग्रता बनायाे । त्यसपछि खेलकाे ४१औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै खेल २–२ काे बराबरीमा ल्याइन् ।
नेपाल र म्यानमार दुवै टाेली फाइनलमा पुगिसकेका छन् । यो खेलले लिग चरणको विजेता र उपविजेताको टुंगाे लाग्नेछ । नेपाल र म्यानमार एक खेलअघि नै उपाधि नजिकै पुगेका हुन् । दुवै टाेली अपराजित छन् ।
नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।
प्रतिक्रिया